You are viewing the translated version of सिफारिस गर्न सक्ने.

Section 20
सिफारिस गर्न सक्ने
: (१) दफा १९ बमोजिम प्रतिवेदन पेश भएमा परिषद्ले सो सम्बन्धमा आवश्यक अध्ययन तथा छलफल गर्नेछ।
(२) उपदफा (१) बमोजिम अध्ययन तथा छलफल गर्दा परिषद्ले आवश्यकता अनुसार विशेष समिति गठन गर्न वा सम्बन्धित विज्ञको राय समेत लिन सक्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम अध्ययन तथा छलफल गर्दा संघ, प्रदेश वा स्थानीय तहले बनाएको कुनै कानून परिमार्जन गर्नु पर्ने देखिएमा परिषद्ले त्यस्तो कानून परिमार्जन गर्न सम्बन्धित तहलाई सिफारिस गर्न सक्नेछ ।